आजकल किशोर किशोरीहरु खुलेर कुरा गर्छन् यौनबारे

बनेपा २४ पुस,

काभ्रेका किशोर किशोरीहरु आजकल यौन प्रजननबारे खुलेर कुरा गर्न थालेका छन् । परिवार नियोजन सङ्घ काभ्रेको पहलमा साथी शिक्षक कार्यक्रम सुरु भएपछि उनीहरुले यौन प्रजननबारे खुलेर कुरा गर्न थालेका हुन् ।

दस जना परामर्शदाता, २१ जना साथी शिक्षक र १२६ जना साथी समूह निर्माण गरी परिवार नियोजन सङ्घले एक परियोजनामार्फत काभ्रेको १० गाविसमा सो कार्यक्रम सञ्चालन गरेको छ । यौन सम्बन्धबाट किशोर किशोरीमा हुने जोखिम घटाउन यसले मद्दत गर्छ, परिवार नियोजन सङ्घ काभ्रेका प्रबन्धक विद्याकेशर सिंहले भन्नुभयो ।

यसबाट किशोर किशोरीमा विवाहअघि राखिने सम्बन्धले पार्ने समस्याका बारेमा उनीहरुलाई जानकारी हुने उल्लेख गर्दै यसले समाजमा चेतनाको विकास भएको उहाँले बताउनुभयो ।

परिवार नियोजन सङ्घले सो परियोजनामार्फत यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित किशोर किशोरीका लागि घरदैलो क्लिनिकसमेत सञ्चालन गरिने जनाएको छ । सो परियोजनामार्फत धनकुटा, डोटी, कास्की र काभ्रेमा मात्रै साथी शिक्षकमार्फत यौन प्रजननबारे कार्यक्रम सञ्चालन भएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com