घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीले रकम असुलेको खुलासा
जनकपुरधाम
घरेलु तथा साना उद्योग कार्यालय,जनकपुर धनुषाका कर्मचारीहरुले सेवाग्रहीसँग भोजभतेरका नाममा अतिरिक्त रकम लिने गरेको तथ्य खुलासा भएको छ ।
सेवाग्राहीको गुनासो अनुसार घरेलु उद्योगका लागि लाइसेन्स बनाउने र फाइल दर्ता गर्ने नाममा पियसदेखि लिएर कर्मचारीले पनि अतिरिक्त रकम लिने गरेका हुन् । कार्यालयमा कार्यरत कर्मचारीहरुले “जोसँग पैसा छ उसैको काम गर्ने” भनी सेवाग्राहीलाई अतिरिक्त रकम दिन बाध्य पार्ने गरेको सेवाग्राही दिनेश कुशवाहाले गुनासो गर्नुभयो ।
अतिरिक्त रकम नदिए कर्मचारीहरुले महिनौसम्म कार्यालय धाउन बाध्य बनाउने र विभिन्न समस्या उत्पन्न गर्ने गरेको पनि उहाँले बताउनुभयो । कार्यालयका पियनले समेत आफूलाइ घुस दिए छिटो काम गर्न लगाइदिने भनी रकम लिने गरेको सेवाग्रहीरुरुको गुनासो छ ।