नुवाकोट माघ ९,
घरमा पालेको माहुरीलाई चराउने स्थान राम्रो भएपछि नुवाकोट जिल्लामा मह उत्पादनमा बृद्धि भएको छ । माहुरी पालन व्यवसायको राम्रो सम्भावना रहँदा पनि माहुरी चरनको समस्याका कारण क्षमता अनुसारको मह उत्पादन हुन सकेको थिएन ।
किसानहरूले तरकारी लगायत फूल फुल्ने बालीमा विषादी हालेका कारण अझै समस्या रहेको माहुरी पालक किसानको भनाइ छ । लामो समयदेखि माहुरी पालन गर्दै आउनुभएका देवराज सिलवालका अनुसार गाउँको तुलनमा बेशी क्षेत्रमा माहुरी चरनको लागि धेरै समस्या हुनेगरेको छ ।
किसानहरू फूल फुलेको ठाउँमा माहुरीको घार सार्दै हिड्न बाध्य छन् । माहुरी पालकहरुका अनुसार नुवाकोटमा वार्षिक १० हजार किलोग्रामको हाराहारीमा मह उत्पादन हुँदै आएकोछ ।
माहुरीले पयु, सिल्टीमुर, सिरिस, चिलाउने जस्ता बनस्पतिको फूल मनपराउने भएता पनि ग्रामीण भेगमा त्यस्ता वनस्पतिहरू विस्तारै लोप हुन थालेको किसानहरुको भनाइ रहेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै