सामुदायिक वनद्धारा ५५ घरधुरीमा चर्पी निर्माण

बाँके माघ ९,

हरलाफाँटा सामुदायिक वन उपभोतmा समितिले बाँकेको कचनापुर गाविस टिकुलीपुरका विपन्न समुदायको घरमा निशुल्क चर्पी निर्माण गरिदिएको छ ।

गाविसलाई खुल्ला दिसामुक्त बनाउने उद्वेश्यले कचनापुर ७ टिकुलीपुरका ५५ घरधुरीलाई चर्पी निर्माण गरिएको सामुदायिक वनले जनाएको छ । सामुदायिक वनले ५५ घरधुरीलाई करिब ६ लाख आर्थिक सहयोगमा शौचालय निमार्ण गरिदिएको हो ।

सामुदायिक वनले आफना उपभोतmाहरुलाइ यसरी पहिलो पटक शौचालय निर्माण गरिदिएको हरलाफाँटा सामुदायिक वन उपभोतmा समितिका अध्यक्ष डिला केसीले बताउनुभयो ।

शौचालयको निमार्ण गरिदिदा वाताबरण स्वच्छ र सफा हुने, आँउ,हैजा, झाडापखाला जस्ता सरुवा रोगहरु पनि नलाग्ने भएकोले निशुल्क चर्पी बनाईएको अध्यक्ष केसीले बताउनुभयो । उपभोतmाहरुलाई वनले निशुल्क शौचालय निमार्ण गरिदिए पछि स्थानियबासिन्दा खुशी भएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com