माघ १७,
दुर्गालाल केसी ; राप्ती अञ्चलका ग्रामिण क्षेत्रमा नयाँ गायकहरूको खोजी गर्न घोराहीबाट भ्वाइस अफ हिरो प्रतियोगिता प्रारम्भ भएको छ।
राप्तीका पाँचै जिल्लाका प्रतिभाहरूलाई प्रतियोगितामा सहभागी गराइने र त्यसबाट एक जनालाई 'हिरो अफ द भ्वाइस' घोषित गरिने आयोजक उत्सर्ग फिल्म्स प्रालिका प्रबन्ध निर्देशक केएल पीडितले बताएका छन्।
घोराही, लमही, तुलसीपुर, सल्यान र प्युठानमा कार्यक्रम गरेर प्रतिभा छनौट गरिने उनले जानकारी दिए।
'ग्रामीण क्षेत्रमा प्रतिभाहरू छन् तर आर्थिक अभाव र पहुँचको अभावमा उनीहरू ठूला सहरका प्रतियोगितामा सहभागी हुन सक्दैनन्,' पत्रकार महासंघका जिल्ला अध्यक्ष पीडितले भने, 'पहिलो पटक दुर्गम क्षेत्रका सिर्जनालाई अवसर दिने प्रयास गरेका छौं।'
प्रतियोगितामा जुनसुकै उमेर, क्षेत्र, समुदाय एवं जातिका प्रतिभाहरूले भाग लिन पाउने उनले बताए। प्रतियोगितामा राप्तिका अतिरिक्त अन्य छिमेकी जिल्लाका गायक- गायिकाले पनि सहभागिता जनाउन सक्ने पीडितले जानकारी दिए।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै