लुटेराले गरे एक वृद्ध दम्पतीको हत्या

चौतारा, माघ १७,

सिन्धुपाल्चोकको लिस्ती गाविसमा गएराति लुटेरा समूहले एक वृद्ध दम्पतीको हत्या गरेको छ। लिस्ती-५ स्थित बिसनकुना भन्ने स्थानमा आठ दस जनाको सङ्ख्यामा गएका लुटेराले लुटपाटका साथै करिब ६० वर्षीय भक्तबहादुर प्रधान र ५५ वर्षीया श्रीमती मानकुमारी प्रधानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

 घरमा वृद्धवृद्धा मात्र रहेका र छोराहरू सबै राजधानीमा बस्दै आएको प्रहरीले जनाएको छ। घटनास्थल गाउँभन्दा एकान्त स्थानमा रहेकाले लुटिएको धनमालको यकिन विवरण आइसकेको छैन। घटनास्थलमा राति नै प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले बताए। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com