लोकगायिका ज्योतिले तताइन बेल्जियम

 माघ १७,

बेल्जियमको लुभेनशहरस्थित ओन्ज हाउसमा आयोजित कार्यक्रममा लोकगायिका ज्योति मगरको प्रस्तुतिले सबैलाई नचायो।

विश्व मगर संघ, बेल्जियमले माघेसंक्रान्तिको अवसर पारेर आयोजना गरेको कार्यक्रममा ज्योतिका अतिरिक्त गायक दुर्गा गुरुङले पनि बेजोड प्रस्तुति दिए।

कार्यक्रममा ज्योतिले उही मुलाको सिन्कीलगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गरिन्। फास्टबिटका गीत गाउँदै ज्योतिले उपस्थित हजारौं दर्शकलाई नचाएकी थिइन्। कार्यक्रममा बेल्जियमका स्थानीय कलाकारहरूको प्रस्तुति पनि उत्तिकै आकर्षक थियो।

नेपाली लोकसंस्कृति तथा रीतिरिवाज झल्कने सांस्कृतिक नाचगान र परम्परागत वेशभुषाले कार्यक्रमस्थल मिनि नेपाल झै लाग्थ्यो। मगर संघका महासचिव कुलबहादुर रानाका अनुसार उपस्थित दर्शकले उक्त कार्यक्रमबाट पर्याप्त मनोरन्जन प्राप्त गरे।

कार्यक्रममा नेपाली परिकार तरुल, अचार, सेलरोटी र सगुनका रूपमा घरेलु मदिरा पनि कार्यक्रममा उपलब्ध गराइएको थियो। त्यसबाहेक प्रत्यक्ष लोकदोहोरी स्पर्धा र पन्चे बाजाले कार्यक्रममा आकर्षण बढाएको थियो।saptahik:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com