सरकारलाई भाँचिएको कुर्सी र कालो पट्टि उपहार

बनेपा, पुस २३,

बढ्दो महिला हिंसाका घटनाप्रति विरोध दर्शाउँदै नेपाल महिला सङ्घ काभ्रेले आज प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालमार्फत सरकारलाई भाँचिएको कुर्सी र कालो पट्टि उपहार पठाएको छ।

सङ्घका संयोजक चन्द्रलक्ष्मी ताम्राकारले नेतृत्व गरेको एक टोलीले प्रजिअ ढकाललाई ती सामग्रीसहित ज्ञापनपत्र बुझाएको हो।

त्यसैगरी महिला हिंसाविरुद्ध दबाबमूलक शान्ति समिति काभ्रेले धुलिखेल नगरपालिकामा आज एक विरोध र्‍याली निकाल्यो। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com