बाघ गाउँ पसेपछि गाउँले त्रसित

रुकुम, पुस २२,

रोल्पाको मिझिङ गाविस-८ बर्जिबाङमा बाघको टोकाइबाट दुई मानिससहित तीन पशु चौपाया घाइते भएका छन्। आज बिहान करिब ५ बजे गाउँमै आएर बाघले उनीहरुलाई टोकेको हो। बाघले टोकेर घाइते हुनेहरुमा मिझिङ-८ निवासी १४ वर्षीया सिता महरा र शिवलाल सुवेदी छन्।

बाघले झम्टने बित्तिकै उनीहरुले घरभित्र पसेर ज्यान जोगाएको स्थानीय कृष्णबहादुर ओलीले जानकारी दिए। बाघले स्थानीय खिमबहादुर महराका दुई भैँसी र एक कुकुरलाई समेत टोकेको छ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी स्थानीयवासीले दिएका छन्। बिहान केहीलाई झम्टेको बाघ पुनः जङ्गल पसेको बताइन्छ। गाउँ नजिकै आएको बाघले झम्टन थालेपछि स्थानीयवासी त्रसित छन्। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com