रुपन्देही पुष १८,
रुपन्देहीको मझगवामा एक ससुराले आफ्नै बुहारीलाई कुटपीट गरि घाइते बताएका छन् । मझगवा ४ का छविलाल लोधले बुहारी ३० वर्षिय मन्जु लोधलाई पैसाको लेनदेनको विषयमा बेहोस हुने गरि कुटपिट गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
कुटाईबाट घाइते मन्जुको अहिले भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मझगवाले जनाएको छ । मन्जुका श्रीमान बैदशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।
बुहारीलाई कुटपिट गरे लगत्तै ससुरा छविलाल फरार भएको र उनको खोजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय मझगवाका प्रहरी नायव निरीक्षक सूर्यवहादुर कुँवरले जानकारी दिनुभयो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै