धुलिखेलमा एक बेलायती नागरिक मृत भेटिए

काभ्रे पुष १८,

६५ वर्षीय बेलायती नागरिक ब्रायन लेस्ती स्टोक्स आज बिहान धुलिखेलमा मृत फेला पर्नु भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ३ स्थित अड्डा बजारको एक घरमा मृत अवस्थामा स्टोक्स फेला पर्नु भएको हो ।

झण्डै एक वर्षदेखि स्थानीय तिलक माया श्रेष्ठको घरमा कोठा लिएर बस्दै आएका स्टोक्स मृत अवस्थामा फेला परेको काभ्रेका प्रहरी प्रवक्ता डिएसी कृष्णजी अधिकारीले जानकारी दिनुभयो ।

मृतक लामो समयदेखि बिरामी रहेको हुन सक्ने डिएसी अधिकारीले बताउनुभयो । मृत्यु बारे बेलायती दुताबासमा जानकारी दिइसकेको र शवलाई पोष्टमार्टका लागि आजै शिक्षण अस्तापल महाराजगञ्ज लगिने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com