महिला अधिकारकर्मी द्वारा प्रधानमन्त्रीलाई हथकडी उपहार

पुष १८,

देशका विभिन्न स्थानमा महिलामाथिको हिंसाका अभियुक्तलाई पक्राउ गर्न नसकी सरकार मूकदर्शक भइरहेको भन्दै पक्राउ गर्न महिला अधिकारकर्मीले प्रजिअमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रुपमा उपहार पठाएका छन् ।

जिल्ला प्रशासन कार्यलयको काम ठप्प हुने गरी महिलाहरु धर्नामा बसेपछि नारी जागरण केन्द्रका कावा अध्यक्ष मुना सिंखडालगायत धर्नामा बसेका सम्पूर्ण महिला प्रजिअ वेदप्रसाद खरेलको कार्यकक्षमा गई हथकडी बुझाएका थिए ।

प्रधानमन्त्रीलाई सम्बोधन गरिएको हथकडीसहितको ज्ञापनपत्रमा “राज्यसँग हथकडी नभएर हो भने धादिङका महिला अधिकारकर्मीले हथकडी पठाएका छौँ, महिला हिंसामा संलग्न अपराधीलाई पक्राउ गरी कारबाही गरियोस्” भन्ने बेहोरा उल्लेख छ ।

धादिङका महिला अधिकारकर्मीद्वारा मङ्गलबार साँझ न्यायको खोजी गर्दै प्रदर्शन गरिएको मैनबत्ती जुलुसमा मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाको सहभागिता थियो । नेपालब्रिटेन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com