नक्कली दस्तखत गरेर दश लाख बढि रकम निकालीयो

नवलपरासी माघ ९,

नवलपरासीको सदरमुकाममा रहेको एक सस्थाबाट सस्थाका कोषध्यक्षले नक्कली दस्तखत गरेर लाखौ रकम निकालेका छन् । नेपाल लेखापढी कानून ब्यबसायी एशोसिएसनको खातामा रहेको ११ लाख ४ हजार ६ सय बढि रकम अध्यक्षको नक्कली दस्तखत गरेर बिभिन्न राष्टिय बाणिज्य बैकहरुबाट निकालेका छन् ।

एशोसिएसनका कोषाध्यक्ष निलकन्ठ पौडेलले अध्यक्ष रामबृक्ष यादबको नक्कली दस्तखत गरेर २०६८ भदौदेखि २०६९ पुस ११ गते सम्ममा रु ११ लाख ४ हजार ६ सय बढि रकम निकालेको एशोसिएसनले जनाएको छ २०६७ सालमा भएको तेह्रौ साधारण सभा तथा अधिबेशनले पौडेललाई कोषध्यक्षमा चयन गरेको थियो ।

लामो समयदेखि सम्पर्कमा नरहेका पौडेलले बर्दघाट, बुटबल, काठमाडौ र महेन्द्र नगरमा रहेका राष्ट्रिय बाणिज्य बैकका शाखाहरुबाट बिभिन्न मितिमा रकम निकालेको एशोसिएसनका अध्यक्ष रामबृक्ष यादबले बताउनुभया ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com