तुलसीपुरवासीले विद्युत प्राधिकारणमा ताला लगाए


दाङ माघ ९,

अनियमित रुपमा विद्युत कटौती गरेर जनजीवन असहज वनाएकोभन्दै दाङको तुलसीपुरवासीले आज तुलसीपुरमा रहेको विद्युत प्राधिकारणमा ताला लगाएका छन् । तुलसीपुरका उद्योगी व्यापारी, विद्यार्थी, पत्रकारहरुले विद्युत प्राधिकरण प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

आन्तरिक लोडसेडिङ् अन्त्य गर्ने यसअघि प्राधिकरणले प्रतिवद्धता जनाए पनि मनोमानी रुपमा विद्यूत कटौती गरेर तुलसीपुरवासीलाई सास्ती पुर्याएकोभन्दै उनीहरुले ताला लगाएको वताएका छन् ।

विद्युत अनियमितता अन्त्यका लागि विहान विद्युत प्राधिकरणका प्रमुख रामअयोध्याय राय यादवसँग छलफल समेत गरिएको थियो । छलफलमा प्रमुख यादव सकारात्मक नभएपछि तालावन्दी गर्नु परेको रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीले अनिश्चितकालीन तालावन्दी गरेको र माग सुनुवाई नहुँदा सम्म ताला नखोलिने समेत वताउनुभयो । केन्द्रीय तालीकाभन्दा वढि आन्तरिक लोडसेडिङका नाममा विद्युत कटौति हुँदै आएको तुलसीपुरवासीले गुनासो गर्दै आएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com