४ सय ५१ विद्यालयमा हात धुने अभियान


माघ ९,

राष्ट्रिय हात धुने अभियान अन्तर्गत बाँके युनेस्को क्लब र सामाजिक विकास प्रवद्र्धन केन्द्रले बाँके जल्लाका ४ सय ५१ विद्यालयका विद्यार्थीलाई हात धुन सिकाउने अभियान सुरु गरेको छ ।

सन् २०१२ देखि २०१५ सम्म मुलुकभरी सञ्चालनमा ल्याइएको अभियानको पहिलो चरणमा बाँके, सप्तरी, महोत्तरी, धनुषा, चितवन, सुनसरी र झापा जिल्लालाई छनोट गरिएको छ ।

अभियान अन्तर्गत जिल्लाका प्राथमिक र निम्न माध्यमिक विद्यालयका विद्यार्थी, समुदाय, आमा समूहलाई साबुन पानीले हात धुन सिकाउनुका साथै हात धुँदा स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावका विषयमा अभिमुखीकरण गरिने जनाइएको छ ।

यसैगरि, सरोकारवाला निकाय, नागरिक समाजका तथा समुदायका अगुवा, पत्रकार, स्वास्थ्यकर्मी लगायत सम्बद्व क्षेत्रका अधिकारीलाई अभियानका विषयमा अभिमुखीकरण गरिने कार्यक्रम रहेको छ ।

युनिसेफको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सञ्चालन हुने अभियानका लागि बाँके युनेस्को क्लब र सामाजिक विकास प्रवद्र्धन केन्द्रलाई पनि सहयोगी संस्थाका रुपमा छनोट गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com