काठमाण्डौ पुष १९,
महिला हिंसामा संलग्नहरुलाई कारवाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले आन्दोलन जारी राखेका छन् । “अकुपाइ वालुवाटार” भन्ने नाराका साथ आज पनि वालुवाटार घेराउ कार्य जारी राख्ने उनीहरुले बताएका छन् ।
बिहान दुईघण्टा अधिकारकर्मीहरुले प्रधानमन्त्री निवास बालुवाटार बालुवाटारमा र सिंहदरबार बाहिर धर्ना दिने भएका छन् । महिला हिंसा विरुद्धको आन्दोलनमा पुरुषको सहभागिता पनि बढ्दै गएको छ । बिहान ९ बजेदेखि ११ बजेसम्म आज पनि धर्ना कार्यक्रम रहेको अधिकारकर्मी समितिका रेणु राजभण्डारीले सीआईएनलाई जानकारी दिनुभयो ।
यसैबीच महिला हिंसाको विरुद्धमा नेपाली काङ्ग्रेस निकट नेपाल महिला संघले पनि आजबाट आन्दोलन सुरु गर्दैछ । आन्दोलनको पहिलो चरण अन्तर्गत आज मूलुकका ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँने कार्यक्रम रहेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै