काठमाण्डौ पुष १९,
झापाको दमकमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् । मुलुकमा महिला हिंसाका घटना बढेको समाचार आइरहँदा दमकमा २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको हो ।
आफ्ना प्रेमिसँग बसिरहेकी युवतीलाई हिजो साँझ ६ बजेतिर युवाहरूको समूहले नियन्त्रणमा लिएर दमक ९ स्थित हिमालय गुडरिक चियावगानमा लगेको थियो ।
प्रहरीले रातभर खोजी गरे पनि आज बिहान ५ बजेमात्र युवतीको उद्धार भएको बताइएको छ । प्रहरीले बलात्कारमा संलग्न ३ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक ९ का १७ वर्षिय रोहित भट्टराई, आशिष दर्नाल र १८ वर्षका सन्दिप दर्जी रहेका छन् ।
बलात्कारमा संलग्न अर्का एकजना भने फरार रहेका छन् ।
घटनाको विषयमा थपजानकारी दिनका लागि जिल्ला प्रहरी कार्यालयले अहिले केहिबेरपछि पत्रकार सम्मेलन गर्ने बताएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै