काभ्रेपलाञ्चोक पुष १९,
काभ्रेको कोशीपारी क्षेत्रमा फलाटे गाविस वडा नम्बर ७ मा रहेको शारदा उच्च माध्यामिक विद्यालयको छात्राहरुमा अनौठो रोगको लक्षण देखिएको छ ।
कक्षा ८ देखि १० सम्मका छात्राहरु बर्बराउने, कराउने, बेहोस हुने जस्ता लक्षण देखिएको विद्याललयका प्रधानाध्यपक गुणरत्न उप्रेतीले बताउनुभयो । मध्यान्ह तिरको समयमा देखापर्ने यस्तो लक्षणले पठनपाठनमासमेत समस्या भइरहेको विद्यालयले जनाएको छ ।
असाधारण लक्षण देखा पर्ने वित्तिकै अन्य विद्यार्थीहरुको मस्तिष्कमा समेत नकारात्मक असर पुग्ने भएकाले छात्राहरुले एकान्त ठाउँमा लगेर राख्ने गरिएको र केहि समयपछि पहिलेकै अवस्थामा आउने गरेको प्रधानाध्यपक उप्रेतीले बताउनुभयो । विद्यालयका छात्राहरुमा यसअघि पनि यस्तो लक्षण देखा परेको थियो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै