बलात्कार अभियोगमा आठ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना

चितवन पुष २०,

चितवनमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत चितवनले रत्ननगरका टेकमान गुरुङलाई आठ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएको छ।

चितवन जिल्ला अदातलका न्यायधिश भोलानाथ चौलागाईको एकल इजलासले यो फैसला गरेको हो। फैसला अनुरुप पीडित बालिकाले ५० हजार रुपैया क्षतिपुर्ति पाउने छिन।

गुरुङले गत साउन ९ गते नारायणगढ बजारस्थित कैलाश लजमा कोठा बुकिङ गरी किशोरीलाई लगेर जबर्जस्ती करणी गरेको किटानी जाहेरी पीडितले दिएका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com