काठमाण्डौ पुष २०,
पूर्वी तराईका धनुषा, सप्तरी, सिरहा, महोत्तरीलगायतका जिल्लामा हुस्सु हटे पनि पश्चिम तराईका जिल्लाहरुमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित बन्दै गएको छ।
चार दिन यता पश्चिम तराईका कपिलवस्तु, दाङ, बांके, बर्दिया, कैलालीलगायतका जिल्लामा घाम लागेको छैन। पुषको दोश्रो साता पछि पश्चिम तथा सूदुरपश्चिमका जिल्लाहरु शितलहर र अत्याधिक चिसोको चपेटामा परेको हो।
चिसोका कारण विपन्न समुदायका वालवालिका र बृद्धबृद्धा बढी प्रभावित बनेका छन् भने पशुहरुको बेहाल भएको छ। उता, बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा नगरपालिका कार्यालयले दाउरा वितरण गरेपनि अति विपन्न वर्गका श्रमीकहरुले दाउरा नपाएको गुनासो गरेका छन्।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै