चौतारा, पुस २०,
राष्ट्रपति रामवरण यादवले अब पनि समाधान ननिस्के देशको भलो नहुने बताउँदै सबै दलले आआफ्नो हठ त्यागी राष्ट्रिय सहमतिमा आउनुपर्ने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रविसेस्थित शारदा उच्च माविको हीरक उत्सवका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति यादवले संविधान सभाबाटै समाधान निकाल्नुपर्नेमा जोड दिए।
उनले भने- सबै दल एकै ठाउँमा नआउनाको कुनै विकल्प छैन।
मुलुकमा अन्तरिम संविधान भए पनि थुपै्र बाधाव्यवधान रहेको बताउँदै उनले देशमा तीन पटक राजनीतिक परिवर्तन हुँदा त्यसलाई संस्थागत गर्न नसकिएको टिप्पणी गरे। सो अवसरमा राष्ट्रपतिले युनेस्को क्लब आबद्ध सदस्यको सहयोगस्वरुप प्राप्त रु ७७ लाखको लागतमा निर्माण भएको पन्ध्रकोठे भवनको उद्घाटनसमेत गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर बस्नेतको सभापतित्वमा भएको सो कार्यक्रममा प्राचार्य यमबहादुर बस्नेतले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। विसं २००८ मा आजैको दिन सो विद्यालय स्थापना भएको हो। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै