बागलुङ पुष १९,
बागलुङ जिल्लाको पश्चिम दगातुम्डाडा गाविस खर्वाङ की १२ वर्षीया अनिसा पाठकका मृगौला, फोक्सोमा समस्या देखिएकाले सहयोगका लागि आग्रह गरिएको छ । मधुमेह रोगबाट समेत एकैचोटी पीडित भएपछि परिवारले सहयोगको लागि सबैमा आग्रह गरेको छ ।
त्रिभुवन उच्च माध्यमिक विद्यालय खर्वाङमा कक्षा ६ मा अध्ययनरत अनिसा अर्धवार्षिक परीक्षा दिईरहेको अवस्थामा अचानक विमारी भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । परिवारका अनुसार अनिसालाई पहिलेदेखी नै मधुमेहको औषधि चलाईएको थियो ।
अहिले उनको उपचार काठमाडौंको कान्तिवाल अस्पतालमा उपचार भैरहेकोेमा मृगौला र फोक्सोमा समेत असर देखिएकोले थप उपचारको लागि आज शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ । पचारको लागि धेरै खर्च लाग्ने र पारिवारीक अवस्था निकै कमजोर भएकोले सहयोगको गर्न सबैमा परिवारले आग्रह गरेको छ ।
विगत १२ दिन देखि कान्तिवाल अस्पतालको आईसियू कक्षमा राखि उपचार गरिएको र स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालमा लगिएको जेठा वुवा राजु पाठकले जानकारी दिनुभएको छ । छोरीको उपचारमा धेरै खर्च लाग्ने भएकोले छोरी अनिसाको प्राण वचाइदिन आमा लक्ष्मी पाठकले सवैमा अनुरोध गर्नुभएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै