गज़ल : By, कोमल भट्ट ,



संसारलाई छोड्नै पर्छ किन बेइमानी
सेतो कात्रो ओढ्नै पर्छ किन बेइमानी

छोटो हाम्रो जिन्दगानी मरिजाने चोला
यात्रा अन्त मोड्नै पर्छ किन बेइमानी

 बाँचुन्जेल हो तेरो मेरो मरेपछि छैन
 नाता गोता तोड्नै पर्छ किन बेइमानी

सँगै जान्छन दुईटा कुरा सुधर्म र पाप
मुक्ति मार्ग जोड्नै पर्छ किन बेइमानी

जीवनरुपी बगैँचामा फोहर,मैला,झाश
 सफा पारी गोड्नै पर्छ किन बेइमानी

कोमल भट्ट ,
नैकाप काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com