एक लाख बराबरको अवैध सुपारी बरामद

भद्रपुर, पुस २५,

अवैध ढङ्गले भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रु एक लाख बराबरको सुपारी नियन्त्रणमा लिएको छ।

जिल्लाको पूर्वी क्षेत्रको सतिघट्टा र नकलबन्दा क्षेत्रबाट हिजो भारततर्फ लैजाने क्रममा सीमा सुरक्षा बल बेसक्याम्प काँकडभिट्टाले सो मूल्य बराबरको २५ बोरा सुख्खा सुपारी बरामद गरेको हो।

बरामद गरिएका सुपारी काँकडभिट्टास्थित भन्सार कार्यालयमा बुझाइने सीमा सुरक्षा बलको कार्यालय भद्रपुरले जनाएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com