विराटनगर, माघ ९ ,
तीन दिनदेखि हराइरहेका नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सक डा विवेक रौनियार आज झापाको काँकडभिट्टामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यही माघ ७ गतेदेखि को १ च ५९६१ नम्बरको मारुती गाडीसहित बेपत्ता भएका र घरपरिवारबाट सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
डा रौनियारको अपहरण भएको आशङ्कामा प्रहरीमा निजका परिवारले लिखितरुपमा खोजी गर्न माग गरेको थियो। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै