सोलुखुम्बु, पुस २२,
भानुभक्त निरौला - सोलुखुम्बुको गुदेल गाविस वडा नम्बर ६ चाचालुङकी ४ बर्षLया बालिका सितल (परिवर्तित नाम) बलात्कृत भएकी छिन्। विहान ९ बजेतिर गोठबाट घर फर्कने क्रममा रहेकी ती बालिकालाई आफ्नै घर लगेर स्थानीय जसकुमार राईले बलात्कार गरेको तथ्य सार्वजनिक भएको हो।
पीडितकी आमा आइतकुमारी राईले प्रहरीलाई जाहेरी दिए पछि उक्त तथ्य सार्वजनिक भएको हो।
गत बिहीवार सहधन राईका १६ वर्षीया छोरा जसकुमारले बालिकालाई बलात्कार गरेका हुन्। बलात्कार गर्ने कार्यमा सम्लग्न राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए।
पीडित बालिकको स्वास्थ्यअवस्था नाजुक रहेको र उनलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु बोकाएर ल्याइँदै गरेको पीडित बालिकाको पारिवारिक श्रोतले जनाएको छ।नागरिक;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै