म: म: केराको

तनहुँ, माघ १४ ,

 पूर्ण बिके : स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यहाँ आयोजित तनहुँ महोत्सव, पश्चिमाञ्चल औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा दर्शकको भिड केराको विभिन्न परिकारको स्टलमा तानिएको छ । शुक्रवार सुरु महोत्सवमा चितवनबाट आएका किसानको स्टलमा केराको ममसहितका परिकार खान भिड बढेको हो । यसले बिक्रेता निकै उत्साहित बनेका छन् ।

चितवन केरा व्यावसायी समितिका अगुवा केरा कृषक गोकुल भन्तनासहति १३ किसान आँफुले उत्पादन गरेको केराको मम, चिप्स, अचारलगाएतका परिकार विक्रि गर्न महोत्सवमा आएका हुन् । केराको परिकार विक्रि गर्दै रत्ननगरका शिवप्रसाद आमगाईले केही वर्ष पहिले कंचनपुर भ्रमणमा जाँदा त्यहाँका अगुवा केरा कृषक कालु हमालले विभिन्न परिकार वनाएर विक्रि गर्न सकिने वताएपछि आँफुहरु आकषिर्त भएको बताए ।

'यसअघि चितवन महोत्सवमा एकैदिन ८०/९० हजार रुपैंयाँको केरा विक्रि भएको देख्दा हामी आँफै छक्क पर्‍यौं,' आमगाईले भने, 'यहाँ पनि केराको परिकार खानेहरुको भिड लागेकाले एकछिन फुर्सद छैन ।' उनले केराको परिकार विक्रिको पहिलो दिन करिव २० हजार रुपैंयाँ वरावरको विक्रि भएको जानकारी दिए । कृषक भन्तनाले काँचो केराको परिकार खानेको माग वढेपछि केरा खेतीतर्फ उत्साहित भएको वताए ।


काँचो केरासमेत परिकार वनाएर सजिलै वेच्न सकिने भएपछि उत्साहित भएर आँफुले करिव ५ विगाहा क्ष्ाेत्रफलमा केरा खेती गरेको भन्तनाले जानकारी दिए । 'काँचो केराको परिकारप्रति आकर्षण वढ्दै गएकाले हामी झनै उत्साहित भएका छौं,' भन्तनाले भने । महोत्सवस्थलमा केराको परिकार खाने ग्राहकको भिड वढेपछि कुपन लागु गरिएको छ ।

पालो कुरेर वसेका व्यास ३ डिहिगाँउका मोहन साँखीले केराको मम खुवै मिठो र स्वस्थकर हुने वताए । उनले केही वर्ष पहिले नेपाल आर्मीवाट शान्ति सेनामा व्रुण्डि जाँदा केराको मम र सेकुवा खाँएर फर्किएकोले महोत्सवमा खान पाईएला भन्ने नसोंचेको वताए । 'केराको मम धेरै वर्ष पछि खान पाईयो,' साँखीले भने, 'श्रीमती र आफन्तलाई पनि चखाउछु ।'इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com