पूर्वाञ्चलस्तरीय लोक नृत्य

 काठमाण्डौ माघ १५,

पूर्वाञ्चल विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितामा विराटनगरको सुम्निमा इङ्लिस स्कुल विजय भएको छ।

भानु कला केन्द्र विराटनगर- १३ ले वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको स्मृतिमा शनिबार विराटनगरको वीरेन्द्र सभागृहमा आयोजना गरेको प्रतियो गितामा मोरङ, झापा तथा सुनसरीका १५ वटा विद्यालय सहभागी थिए।

आदिवासी जनजाति सामुदायको लोप हुँदै गएको संस्कृति जगेर्ना गर्नेउद्देश्यले आयोजित प्रतियोगितामा झापा बिर्तामोडको विराटज्योति सेके न्डेरी स्कुल द्वितीय तथा विराटनगरको मोडेन एरा स्कूल तृतीय घोषित भए।

हरेक जातजाति एवं वेशभूषाका पहिरनमा उपस्थित प्रतियोगीह रूको प्रतिभालाई दर्शकहरूले हार्दिकतापूर्वक स्वागत गरेका थिए। प्रतियोगितामा प्रत्येक विद्यालयका १०-१० जनाको समूहले ४ घण्टा मनो ञ्जन प्रदान गरेको थियो।saptahik;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com