काठमाण्डौ माघ १५,
रञ्जनाले पनि विवाह गर्ने उता अमेरिकामा रहेकी नायिका रञ्जना शर्माले आफूले पुनर्विवाह गर्ने घोषणा गरेकी छिन्।
जतिपटक प्रयास गर्दा पनि गि्रनकार्ड हात नपरेपछि रञ्जनाले गि्रनकार्डकै लागि अमेरिकी पुरुषसँग विवाह गर्ने निर्णय गरेको बताइन्छ।
काठमाडौंमा बसोबास गर्ने आफ्ना श्रीमान् निर्देशक श्याम भट्टराईलाई 'तिमी पनि आफ्नो तयारी गर' भन्दै रञ्जनाले विवाह गर्ने निर्णय गरेको बताइन्छ।
यता निर्देशक भट्टराईले गत शनिबार आफ्नो फेसबुकमा रञ्जनाले फेसबुकको आफ्नो फ्रेन्डलिस्टबाट मलाई हटाएर बाटो खुला पारेकी छिन्, लेखेका छन्। यसबाट पनि रञ्जना र श्यामको दाम्पत्य जीवन औपचारिक रूपमै टुंगिएको अनुमान गरिएको छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै