दैलेखमा कार्यकर्ताहरुवीच झडप

काठमाण्डौ माघ १०,

दैलेखमा एमाओवादीका कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरुवीच झडप भएको छ । एमाओवादी कार्यकर्ताले दैलेखबाट प्रकाशित हुने हाम्रो तेस्रो आँखा दैनिकको कार्यालयमा तोडफोडपछि आगजनी गर्न खोजेपछि दुई पक्षवीच भिडन्त भएको हो ।

आगजनी गर्न खोजेपछि विपक्षी दलका कार्यकर्ताहरुले प्रतिकार गरेका थिए । प्रतिकारको क्रममा छ जना एमाओवादीका कार्यकर्ता घाईते भएका छन् । एमाओवादीको दैलेख जिल्ला अधिवेशनमा प्रधानमनन्त्री र अध्यक्ष प्रचण्ड लगायतका नेता आउने भए पछि विपक्षी दलहरुले दैलेख बन्दको आब्हान गरेका थिए ।

माओवादीले पनि बन्दको अवज्ञा गर्न ठूलो संख्यामा कार्यकर्ता दैलेखमा भित्राएको छ । २२ ट्रक त वाईसीएलमात्रै भित्राएको बताईएको छ। सुरक्षा खतरालाई मध्य नजर राख्दै ५ सय भन्दा शसस्त्र र जनपद प्रहरी भित्राएको छ ।

अहिले त्यहाँ भिडन्त जारी रहेको बताईएको छ । यसै गरि माओवादीका कार्यकर्ताहरुले १० पत्रकारलाई डेकेन्द्र थापा बनाइदिने धम्की दिएका छन् ।nepalbritain;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com