प्रमलाई पत्र पुर्व मिस नेपाल माल्भिकाको


काठमाण्डौ पुष १९,

दैनिकजसो चेलिबेटी हिंसा बढ्दा पनि सरकारको चासोनगएपछि महिलाअधिकारकर्मीहरुले धर्ना र प्रदर्शनसमेत गरिरहेका छन् । 

यसैक्रममा पूर्व मिस नेपालसमेत रहेकी माल्भिका सुब्बाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पत्र कोरेकी छिन् । फेसबुकमा रहेको आफ्नो फ्यानपेज मार्फत माल्भिकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेकी हुन् । माल्भिकाले प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीको पूर्ण विवरण यस्तो छ :

प्रिय प्रधानमन्त्री बाबुराम भट्टराई ज्यू,
‘हालसालै समाचारमा आएको महिला हिंसाका कुरालाई लिएर विवाद उठिरहेको छ । म आफु पनि एउटा चेली भएको नाताले नेपाल अब नारीहरुका लागि सुरक्षित ठाउँ नभएको भन्ने निष्कर्षमा म पुगिसकेको छु। 

सीता राई, सरस्वती सुवेदी, चोरिमाया महर्जन र भर्खरै मात्र लाहान सिरहामा एक जना बहिनीलाई आफ्नै नाता पर्ने र चिनेका दुईजनाले गरेको बलात्कार ले हामी सबै नेपाली नारीमा नेपालको कानुनबाट विश्वास उडेको छ । यति दिन हुँदा पनि कारबाही नभएको र बलात्कारको बिषयमा कडा कानुन नभएको देखेर कारबाही नभएको दखेर राष्ट्रलाई झक्झकाउन मन लाग्यो ।

तपाईहरुका चेलीबेटी हुन् यिनी, तपाई आफ्नै सन्तानलाई यस्तो भएको भए ती मानिसहरुलाई बाँकी राख्नुहुन्थ्यो होला र ? देशको प्रगतिलाई आत्मसात गरेर हिँड्नुहोस अब, सत्ताको पछि नलाग्नुहोस् । तपाई प्रधानमन्त्री भएदेखि धेरैको मनमा आशा जागेको थियो, त्यसलाई विलीन हुन नदिनुहोस् । नेपाल आमालाई नरुवाउनुहोस्, बिन्ती छ । र, अहिले जगन्य अपराध व्यक्तिलाई कडा भन्दा कडा सजाय दिनुहोस् र महिला हिंसा र बलात्कार गर्नेलाई कडा सजाय दिन नियम बनाउनुहोस् र लागु गर्न लगाउनुहोस् । अनि मात्र हामी तपाई र अरु पार्टीमा अनि नेपाल एउटा सुरक्षित ठाउँ हो भन्ने विश्वास गर्छौ ।

जय नेपाल !! (नेपालब्रिटेन)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com