अनाथ बालालिकाको नाममा गुण्डागर्दी - दाता


 काठमाडौ माघ ७, 

 रौतहट बालबालिकाको संरक्षण गर्ने नाममा ललितपुरको धापाखेलमा खुलेको ह् ‍याप्पि होम
र्इन्टरनेशनल स्कुलका सञ्चालकहरुले विदेशी डोनरलार्इ धम्क्याउन थालेपछि स्लोभाकियाका तीन
नागरिक सहित सो स्कुलका शिक्षक असुरक्षित बनेका छन्‍ ।

सो स्कुलका सञ्चालक विश्वप्रताप आचार्य र पुजा पोख्रेलले स्कुलका नाममा खेलेको एक वेभसार्इडमा राखिएको ७० जना बालबालिका टुहुरा रहेकोले आफूहरुले उद्धार गरेर संरक्षण गरेको सहितको कथा हेरेर एक बालबालिका बराबर मासिक ६० यूरो डलरकोस्लोभाकियाका जुजना, मार्टिन र र्इभाले सहयोग गर्दै आएका थिए । 

आफूले संरक्षण गरेका बालबालिकालार्इ हेर्न नेपाल आएका उनीहरुले यहाँ आए पछि वेभसार्इडको कथा र वास्तविकतामा फरक पाएपछि सो विषयमा असन्तुष्टि प्रकट गरेका थिए । त्यसपछि सो स्कुलको यथार्थ बताउने शिक्षक किशोर कुँवर र विदेशी डोनर सञ्चालकहरुको गुण्डागर्दीबाट पछि असुरक्षित बनेका हुन । स्कुलमा आश्रय लिर्इरहेका बालबालिका, डोनर र शिक्षकहरुले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अनाथको नाममा बाबुआमा भएका बालबालिकालार्इ ललार्इ फकार्इ राखेर मोटो रकम असुलेको र अहिले आए अपरहण गर्ने र वेपत्ता बनाउने सम्मका धम्कि दिएको गुनासो पोखे ।

उनीहरुका अनुसार निशुल्क पठार्इ दिने लोभमा आमाबाबुलार्इ फकाएर स्कुलमा ल्यार्इएका बालबालिकाहरुलार्इ सञ्चालकद्धयले कुट्‍ने पिट्‍ने, बालश्रममा लगाउन, खाना पकाउन, लुगाधुन लगाउने सम्मका काम गरार्इ यातान दिने गरेका थिए । डोनर स्लोभाकियाका नागरिकहरुले आफूहरुको सहयोगको दुरुपयोग भएको भन्दै स्कुलमा बाबुआम हुँदा हुँदै पनि राखेका ६५ जना लार्इ अविभावककै जिम्मा लगाउने र बाँकी टुहुरा ५ जनालार्इ विश्वासिलो बालगृहको जिम्मा लगाउने तयारी गरे पनि आफूहरुलार्इ अपहरणको कोशिश सहित धम्क्याउने गरेको डोनर जुजना र शिक्षक कुँवरले दाबी गरे । 

सञ्चालकको दादागिरी विरुद्ध उनीहरुले जिल्ला प्रहरी कार्यालय ललितपुर, पर्यटक प्रहरीभृकुटी मण्डप र केन्द्रीय बालकल्याण समितिमा उजुरी गरे पनि उनीहरुले सञ्चालकहरुलार्इ नै संरक्षणगरिरहेको मार्टिनले गुनासो गरे । पत्रकार सम्मेलनमा बौद्ध बस्ने आम सहित उपस्थित भएकी सोही स्कुलमा बस्ने छोर्इसाङ तामाङले आफूहरुलार्इ फकाएर स्कुलमा ल्याएर याताना दिएको सुनार्इन । उनले आफूले बारम्बार आमाबाबासँगजान्छु भन्दा पनि नदिएको बतार्इन ।  source-crimestory

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com