काठमाडौ, पुस २७ ,
अंगुरको वाइन, संसारभरि चिनिएको पेय पदार्थ । नेपालमा भने स्याउ, सुन्तला, सिस्नु, ऐंसेलु, चुत्रो, महलगायत कच्चा पदार्थबाट वाइन बनाउन थालिएको छ । पिउनलाई बहाना चाहिन्छ । जाडो बढेको छ ।
वाइन एपि्रसिएसनमा डिप्लोमा सकेर नेपालमा मार्क डेभिडसन ब्रान्डमा वाइन भित्र्याउँदै आएका अर्जुन भण्डारीका अनुसार यस्ता फलफूललाई पेलेपछि इस्ट (मर्चा) राखेर फर्मेन्टेड -प्रशोधन) गरेपछि वाइन बन्छ ।
यसमा एन्टिअक्सिडेन्टलगायत तत्त्व हुने भएकाले स्वास्थ्यलाई फाइदाजनक रहेको उनको दाबी छ । 'विभिन्न अनुसन्धानले नियमित मात्राअनुसार वाइन पिउनेलाई हर्ट एट्याक, मधुमेह, कोलेस्ट्रोल घटाउन, आयु बढाउन सघाउने देखाएको छ,' उनले भने, 'त्यसैले विदेशमा वाइन उत्पादन गर्नेलाई सरकारले सहुलियत दिन्छ ।'
नेपालमा वाइनलाई हल्का पेयका रूपमा लिन थालिएको छ ।
'वाइनलाई महिलाको पेय भन्ने गरिन्छ,' नेसी ब्रान्डमा आफैं वाइन उत्पादन गर्दै आएका साकारो फर्मेन्टेड बेभरेजका अध्यक्ष महेश्वरलाल रंजितकारले भने, 'त्यसैले वाइन पिउने महिलाको संख्या पनि बढ््दै गएको छ ।'
भण्डारीका अनुसार वाइनमा १० देखि १६ प्रतिशत अल्कोहल हुन्छ । फलफूलमा हुने चिनीको मात्रा फर्मेन्टेड गरेपछि अल्कोहलमा परिणत हुने साकारोका रंजितकार बताउँछन् ।
भण्डारीका अनुभवमा नेपालमा वाइन पारखीहरूमा बच्चैदेखि वाइन पिउँदै आएका कूटनीतिक नियोगका व्यक्तिहरू, विदेशको अनुभव लिएर फर्केकाहरू, देखासिकीमा पिउनेहरू र स्वाथ्यवर्द्धक ठानेर पिउनेहरू छन् ।
'वाइन गिलासमा राखेपछि हल्लाउनुपर्छ, भण्डारीले भने, 'त्यसो गर्दा वाइनमा अक्सिजन घोलिन्छ ।' त्यसपछि मुखमा हालेर कुल्ला गरेजस्तो सबैभागमा वाइन पुर्याउनुपर्छ । त्यसपछि मुुखबाट अक्सिजन तानेर वाइन निल्नुपर्छ । त्यसरी पिउँदा वाइनको स्वाद फरक हुने उनले बताए ।
वाइन खासगरी मासु र चिजसँग पिइन्छ । ह््वाइट वाइन गर्मी र बिहानको समयमा पिउनु उपयुक्त मानिन्छ । रेड वाइन जाडो मौसम र साँझमा खानासँगै पिउनु राम्रो हुने भण्डारी बताउँछन्् ।
बजारमा ५ सय रुपैयाँको हाराहारीमा पाइने बोतलका विदेशी वाइन कलिलो बोटबाट उत्पादन भएको अंगुरको हो । बोट जति छिप्पिूदै जान्छ, त्यसको गुणस्तर बढ््दै जान्छ । वाइनको गुणस्तर त्यसमा हुने बाक्लोपनाले छुट्टनिे भण्डारीले बताए ।
वाइनको बजार नेपालमा प्रहरीले मादक पदार्थ सेवन (सेवन) गरेर सवारी चलाउनेहरूलाई कारबाही गर्न सुरु गर्नुअघि वाषिर्क दोब्बरको दरले बढेको मार्क भण्डारी बताउँछन् । उनका अनुसार विदेशबाट आयात हुने वाइनको बजार वाषिर्क झन्डै २५ करोड रुपैयाँको छ । 'यस वर्ष भने प्रहरीको कारबाहीले बजार ६० प्रतिशत घटेको छ,' उनले भने । स्वदेशी वाइनको समेत वाषिर्क ५ करोडभन्दा बढीको कारोबार हुने उनी अनुमान गर्छन्् ।
बजारमा स्वदेशी वाइन ३ सय ५० रुपैयाँ प्रतिबोतल (७५० मिलि) देखि उपलब्ध छ । विदेशी उत्पादन ५ सय रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म पर्छ ।
स्वदेशमा समेत नेसी, रोयल गेट, डाँडाघरे, हिँवा, डिभाइनलगायत वाइन उत्पादन हुन्छन्् ।
चोभारमा रहेको साकारो फर्मेन्टेड बेभरेजलले नेसी ब्रान्डमा वाइन उत्पादन गर्दै आएको छ । उक्त कम्पनीले अंगुर र स्याउको ग्रेपल साइडर तथा सिस्नु र सुन्तलाको नेटलेज वाइन उत्पादन गर्छ । ग्रेपल साइडरको ३ सय ५० र नेटलेजको ४ सय ५० रुपैयाँ प्रतिबोतल उपभोक्ता मूल्य रहेको कम्पनीका अध्यक्ष रंजितकारले बताए । उनले वाइनको कच्चा पदार्थ सिस्नु गाउँघरमै संकलन गर्न लगाउने गरेका छन्् । स्याउ भने मुस्ताङबाट ल्याउने गरेको बताए । कम्पनीले वाषिर्क ६० हजार बोतल उत्पादन गर्ने गरेको छ ।
साकारोको प्राविधिक सहयोगमा संखुवासभामा मकालु वाइन उद्योग सञ्चालित छ । उक्त उद्योगले हिँवा ब्रान्डमा चुत्रो र ऐंसेलुको वाइन उत्पादन गर्दै आएको रंजितकारले बताए ।
'हामीले जंगलमा खेर गइरहेको चुत्रो र ऐंसेलुलाई उपयोगमा ल्याएर वाइन उत्पादन गर्दै आएका छौं,' उनले भने, 'कसैले भाउ नदिने एंेसेलु वाषिर्क ४०/५० टन संकलन गर्छौं । मकालुले वाषिर्क २ लाख बोतलभन्दा बढी हिँवा बजारमा पुर्याउँदै आएको छ ।'
नेपालमा जंगली जडीबुटी, उच्च पहाडी भेगमा उत्पादित फलफूल प्रयोग गरेर वाइन उत्पादन गर्न सकिने साकारोका अध्यक्ष रंजितकारले दाबी गरे । 'विदेशी आयात विस्थापित गर्न स्वदेशी उत्पादन बढाउनु आवश्यक छ,' उनले भने, 'स्वदेशमा फलफूल उत्पादनको सम्भावन प्रचुर रहेकाले त्यसका लागि सरकारी सहयोग आवश्यक छ ।' नेपाली उत्पादनको विदेशमा समेत माग रहेको उनले बताए ।
'
नेसी ब्रान्ड जापान निर्यात गर्ने तयारी गरेको छु,' उनले भने ।
कति पिउँदा स्वस्थ ?
विभिन्न स्वास्थ्य संस्थाहरूले पुरुषले दैनिक ३ देखि ४ युनिट (साताको २१ युनिट नबढ्ने गरी) र महिलाले दैनिक २ देखि ३ युनिट (साताको १४ युनिट नबढ्ने गरी) अल्कोहल भएको मदिरा पिउनु उपयुक्त हुने बताएका छन् । ती संस्थाहरूले गर्भवती महिलाले मदिरा पिउन नहुने बताएका छन् । त्यसबाहेक सवारी चलाउँदा, मेसिनमा काम गर्दा, बिरामी भएका बेला र व्यायाम गर्दा मदिरा पिउनु हुँदैन । पुरुषले सातामा ३५ युनिट र महिलाले २८ युनिट अल्कोहल भएको मदिरा सेवन गरे स्वास्थ्य जोखिममा हुन्न । योभन्दा बढी अल्कोहल भएको मदिरा सेवन गर्ने पुरुष र महिलाको स्वास्थ्य जोखिम उच्च हुन्छ ।ekantipur;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै