इज़रायलमा : झुन्डिएर एक नेपालि चेलीको मृत्यु
इज़रायल पुष २७,
नारीदर्पण डटकम : करिब ४ महिना अघि मात्र इज़रायल आउनु भएकी करिब ३२ बर्षीय नीमा शेर्पा नातानियामा काम गर्दै आउनु भएको थियो र उहाँ को श्रीमान (दावा शेर्पा ) पनि यहीं नै कार्यरत हुनुहुन्छ चार बर्ष देखि . हिजो राति १० बजे तिर राम्रै संग कुरा भएको जानकारी मृतक नीमाको श्रीमान दावा शेर्पा ले जानकारी दिनु भयो .
मृत्यु भएको यसरि थाहा भयो :- बिहान नीमालाई काम लगाई दिने इज़रायाली महिलाले नीमा घरमा छैन भनि दावालाई फोन गरे छ र दावाले आफु नीमा संग बेलुकी १० बजे तिर त्यहीं एम्प्लोयेर्कै घर बाट कुरा गरेको बताए पछि ती महिलाले रुम मा हेर्दा नीमा थिएँन र घर ओरि परि खोज्दा - घर बाहिरको स्टोर रुम मा सलमा झुन्डिएको अबस्थामा रहेको देखे पछि दावालाई तुरुन्त फोन गरि त्यहाँ देखेको बस्तु स्थिति बारे जानकारी दिए छन र दावा तुरुन्त त्यहाँ पुग्दा पुलिश आइसकेको भेटे भनि दावाले हामीलाई बताउनु भयो र अहिले नीमाको लाशलाइ पोस्टमार्टम को लागि हस्पिटल मा लागि सकिएको छ र आज शुक्रबार भएकोले अब आइतबार मात्र भेट्न सकिने इज़रायाली प्रहरीले जनाएका छन .