सुतेकै स्थानमा दम्पतीे मृत अवस्थामा

काठमाण्डौ पुष २७,

सङ्खुवासभा जिल्लाको तामाफोक–८ मुढेशनिश्चरे बजारको एक घरमा सुतेकै स्थानमा एक दम्पतीे मृत अवस्थामा फेला परेको छ ।

श्रीमान् प्रेमबहादुर जिमी र श्रीमती आइतमाया जिमी सुतेकै ठाँउमा मृत अवस्थामा भेटिएको मुढेशनिश्चरे प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक होमबहादुर गिरीले बताउनुभयो ।

मृतक जिमी दम्पतीको हत्या गरिएको हो वा अरु नै कारणले मृत्यु भएको भन्ने नखुलेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि चैनपुर पठाइएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com