दैलेख, पुस १४ ,
आफ्नै श्रीमतीलाई आगो झोसेको आरोपमा नारायण नगरपालिका- ६ नमुना बस्तीका कमारो सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति श्रीमती चावलीलाई कमारोले गुप्ताङ्गमा आगो झोसेका थिए। चावली जलिरहेको अवस्थामा छिमेकीले उद्धार गरेर जिल्ला अस्पतालमा लगेका थिए।
यहाँ महिला हिंसाका घटना बढे पनि सामान्य रुपमा मिलापत्र गरिदिने भएकाले यस्तो अवस्था आएको हो।
उनको जिल्ला अस्पतालको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ। जिल्ला अस्पतालका डाक्टर पुकार राणाले दायाँ तिघ्राको माथिल्लो १० प्रतिशत भाग जलेको बताए।
शितल गराउने, दुखाइ कम गर्ने र रगतमा संक्रमण हुन नदिन एन्टिबायोटिक र इन्जेक्सन दिएको डाक्टर राणाले जनाए।
प्रहरीका अनुसार श्रीमान् श्रीमती दुबैले मादक पदार्थ सेवन गरेका थिए। दैलेखबजारमा आइसी नामले परिचित कमारोलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले नजलाएको बताए।
'सामान्य विवाद सधैँ हुन्थ्यो, चुल्हो नजिक बसेकी उनको शरीरतिर अगुल्टो उछ्टिएको हो,' कमारोको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक विनोद शर्माले भने।
आगोले चावलीको योनी आसपासको भाग पोलिएको छन्। 'खाना पकाएर उनलाई पर्खेकी थिएँ, विनाकारण आगोको मुस्लो झोसिदिए,' उनले भनिन्, 'छिमेकीहरु नआएको भए सायद खरानी भैसक्थेँ।' छिमेकीले सहवास गर्न नमानेपछि कमारोले अगुल्टो झोसेको अनुमान गरेका छन्।
'जलेको भाग हेर्दा त्यस्तै देखिन्छ, अन्य भाग पोलिएको छैन,' एक छिमेकीले भने, 'यो सुनियोजित रुपमा योनी जलाउने प्रयास हुनुपर्छ।'
सदरमुकाममा हरेक दिन ज्याला मजदुरी कमाएको पैसाबाट उनीहरुको दिनचर्या चल्ने गरेको छ। कमारोले भारी बोक्नेदेखि बजारका शौचालय र ढलसमेत सरसफाइको काम गर्दछन्। उनीहरुका तीन छोराछोरी छन्।नागरिक;
.........................Video...............
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै