स्मरण राजा बीरेन्द्रको

काठमाडौं, १४ पुस ,

पुस–१४ गते अर्थात आज दिवंगत राजा बीरेन्द्र शाहको ६८ औं जन्म जयन्ती समर्थकले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् । ६८ वर्ष अगाडि २००२ साल पुस–१४ गते अर्थात आजकै दिन बीरेन्द्रको जन्म भएको थियो ।

उनी नेपाली जनताका बीचमा विकासप्रेमी राजाका रुपमा चिनिन्छन् । २०५८ साल जेठ–१९ गतेको राजदरबार हत्याकाण्डमा उनको वंशनस भएको थियो ।

२०४६ सालको जनआन्दोलनपछि लेखिएको नेपाल अधिराज्यको संविधान २०४७ मार्फत मुलुकलाई संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रतर्फ डोराउन उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

उनको २०२२ सालमा ऐश्वर्य शाहसँग विवाह भएको थियो । दुई छोरा युवराज दीपेन्द्र, अधिराजकुमार निराजन तथा एक छोरी अधिराजकुमारी श्रुति रहेका थिए । दरबार हत्याकाण्डमा उनीहरुको पनि मृत्यु भएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com