गजल : By, रोशन खड्का



झुपडीमैं भएपनी, मेरो आफ्नै वास थियो।
बनी बुथो गरेपनी, खानालाई गाँस थियो।

अरू दिन नसके नी, तिमी मेरै भ'को भए,
तिम्रो लागी दिनलाई, मायाँको याँ रास थियो।

जे नहुनू थियो याहाँ, तेही भई दियो कठै!
जीवनमा तिमी मिल्ने, धेरै ठुलो आस थियो।

धेरै रोएँ जीन्दगीमा, तिम्रो डोली उठे पछी,
तिम्ले सिउँदो सजाउनु, मेरो सर्व नास थियो।

विछोडको पिडा पाई, ढलेको यो *रोशन *को,
तिमी डोली चढी जाँदा, सामुन्नेमा लास थियो।

रोशन खड्का शहरे ८ दोलखा।
हाल मलेशिया।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com