दुइ गजल : By, बिना तामाङ' सुनगाभा'


१,
सधैं भन्दा आज बढी म खुसी भाछु
हिरा रत्न मन्मा जडी म खुसी भाछु

धेरै पल्टको प्रयासमा बल्ल आज
खुड्किलो एउटा चढी म खुसी भाछु

काँ जाँउ के गरौं? अन्योलमा परेथें
भेटें साहित्यको कडी म खुसी भाछु

गर्नुपर्छ केहि जन्मेपछि मान्छेले
यहि कुरा मनमा गडी म खुसी भाछु

२,
मान्छे भैई पशु व्यवहार नगर्नु याद राख
अब उपरान्त मेरो सामू नपर्नु याद राख

एकएक गेडी खुसीको संगाली माला गाँस्छु
छिनालेर सबै यत्रतत्र नछर्नु याद राख

ईमान जमान बेची आफ्नो समाजको नजरमा
स्वार्थ पूरा गर्न त्यति तल नझर्नु याद राख

दया हैन माया गर्नु अशक्त र अनाथलाई
धर्म गर्न तिम्ले यहाँ गंगा नतर्नु याद राख

बिना तामाङ' सुनगाभा'
काठमाण्डौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com