दुइ गजल : By, राजेश रुम्बा लामा 'अतृप्त'


१,
सधैं हुन्छ र रात? अब त उज्यालो छाउनैपर्छ
प्रकृतिको नियम छ दु:ख पछि सुख आउनैपर्छ

जति गर्नु गर्‍यौ थिचोमिचो अन्याय अत्याचार
कानुनी राज्य भए अब त निसाफ पाउनैपर्छ

यति सजिलै त केलाई दिन्थे न्याय हामीलाई
आफ्नो हकको निम्ति दिनरात नभनी धाउनैपर्छ

पक्कै हुन्छ जीत हाम्रो एकदिन धैर्य मात्र गर
सुन त्यो दिन हाम्ले विजयी गीत गाउनैपर्छ

२,
आज भन्दा भोली भन्दा घर जाने दिन आछ
उन्को लागि न्यानो माया संगै लाने दिन आछ

उन्कै लागि के के किनें हेर्दैछु म हिजोदेखि
कोशेली यो लान पोको पन्तुर बान्ने दिन आछ

धेरै भयो तातो भात उनिसंगै नखाएको
एकै थाल्मा उनिसंगै खाना खाने दिन आछ

को आफ्नो को पराई सबै छुट्याई अब
सहयात्रा गर्नेलाई आफ्नो मान्ने दिन आछ

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com