तिम्रौ प्यारमा मदहोशी भएँ ।
पीर चिन्ताले म रोगी भएँ ।
घरबार त्यागे तिम्रौ निम्ति
केहि नभएको म जोगी भएँ ।
समाजबाट पुरस्कृत हैन
अपहेलित भै म दोषी भएँ ।
तिम्रौ संगत परेर मलाई
सबै पिउने म भोगी भएँ ।
पिउनुनै जीउनु रहेछ लाग्यो
पिउँदा पिउँदा म वेहोशी भएँ ।
सनम गोले
दामन, मकावनपुर हाल मलेशिया !