'साने र सानी' By, पुर्ण ‘कान्छा’ गुरुङ



साने :
के भनि बोलु के कुरा खोलू कोहि छैन चिनेको
रोजगारीको सिलसिलामा भौतारी हिडेको
काम खोज्दा खोज्दै म हिड्दै छु बा आमा घरमा
चुलामा आगो बल्दथ्यो सधै मेरोनै भरमा
कहिले सङ्लो कहिले धमिलो भै आउथ्यो खोलानी
म परे यहाँ बाबा र आमा के गर्दै होलानी
कहिले छोरा आउनेहो भनि बस्य हो पर्खेर
यहाँ सम्म आए दुख मात्र पाए जान्छु म फर्केर
भबिस्य बानी लेखेर दिने कोहि मैले भेटिन
गरिबलाई माना ओत्नालाई छाना काही पनि देखिन
यो ठाउमा पनि केहि राहत पाइन घरफर्की जान्छु म
बा आमाको साथमा बसी साग सिस्नै खान्छु म
साने आएको सानीले देखिरहेको हुन्छ र सानी भनेको सहयोगी पनि
अनि सानेलाई केहि कुराहरु राख्न थाल्द छ |

सानी:
बटुवा दाइ किन हो यहाँ बसेको हात हल्लाई
पहिलेनै देखि यहि हुनुहुन्थ्यो देखि रा’थे तपाईलाई

साने:
नरम स्वरमा बोलाउदै मलाई आउनु भो तपाई या
कम खोज्दै हिडे आइपुगे यहाँ लाग्दै छ कहाँ काहा

सानी:
बटुवा दाइ के भयो र काहा सहि सत्य बोलिदेउ
खै महिले सुन्न मिल्छ भने ताला चाबी खोलिदेउ

साने:
जन्मिए देखि मर्ने दिन सम्म के हुन्छ गन्दिछु
गरिबको छोरा बन्नु छ घोडा सबै म भन्दिन्छु
जन्म लिई आए गरिब भए दिमाखमा नराख्नु
भबिस्य बानी सुनाउछु काहानी सुनेर नाभाग्नु
भन्दै म जान्छु पिर लाग्छ मलाई कोहि दिल धड्केला
यो दुखि को काहानी सुनी त्यो मुटु चर्केला
सिलसिला मेरो जागिरको खोजि आएको छु या सम्म
हिड्दै छु खोजि सुख दिन रोजी पुगिन्छ का सम्म
घरमा अन्न एकमुठी छैन पराना धान्नलाई
कहिँ काम पाए कम गरि ल्याउथे बेलुका खानलाई
घरमा मेरो बाबा र आमा बृदा छन् अबस्ता
काम गरि ल्याई खुवाउने गर्थे घरमा म बस्ता
काम गर्न पनि ठाउ नभएको बिकट छ मेरो गाउ
सम्झेर ल्याउदा यो मन रुन्छ के भनि रहू नाउ

के गरे होलान के खाए होलान छोडेर आएको
सुख मैले दिन्छु भने, झनै दुख पाएको
मेरो बाबा आमा मेरै बाटो हेरेर बस्दाहुन
खान नपाई भोकमा पटुकी कस्दाहुन्
हे पर्भु इस्वोर के लेखि दियौ दुखीको कर्मनी
बिहान खाए बेलुका के खाउ जहिले घर्मानी
सुखले हैन जहिले पनि दुखले जिद्दछ
गरिबी हामि भैसके पछी येसरी बिद्दछ
गरिबीको कथा ब्यथा सुनेर के फाइदा
ए गाउले बहिनि समय बित्यो अब छुट्छु हैत.........
सानिको आत्मा जलिरहेको हुन्छ किनकि उ सहयोगी छ
उसको काहानिले भनि सकेको छ मुटु चर्केला उसको
अबस्ता तेस्तै बन्न जान्छ किनकि कहानीको भावमा
साने चाही जाने भनेर भन्न लाग्दछ अनि सानीले एकै छिन आग्रह गर्दछ

सानी:
बटुवा दाइ जानु त पर्छ बस्नु न एकै छिन
यसरि हामि गरिब दुखि कसरि बिताउने दिन
चारकोसे झाडी भन्छरे नारी गर्छु म एउटा बात
मानिसको चोलामा चाहिन्छ एक अर्कामा साथ्
संघर्स गरेरै हामि उठाउनु पर्छ हा

यो दुख कस्ट परेको बेला म दिने भए साथ्
संसारमा मेरो कोहि छैन भनि नदुखाउनु मन
घरमा आफ्नो बा आमालाई काम पाए भनेर भन
सानी भनि बोलाउनु मलाई आउने छु त्यो ठाउमा
बिकासका धारा ल्याउनु नै पर्छ बिकट यो गाउमा
साथमा साथ मिलाईमादेऊ गरिबले स्थान पाउने छ
बृदा बा आमाको हिर्दयामा सितल छाउने छ
यी कुराहरुको ग्रहण गर्न तिमीले जान्नु है
यी कुरा तिम्रो बाबा आमालाई पनि भन्नु है
विश्वास गर सानिको पनि अब तिमी जाऊ
सुख दुख सबै बा आमालाई भनि आ

बस्नुता भन्थे तिमीलाई बितिसक्यो दिन
ति पर्तिर गएर आउछु बस यकै छिन
सनिको घर नजिकै हुन्छ कोसेली केहि ल्याएर दिन्छ
बहर बहर गोरु भए कहिले लाग्दैन छेउ
अब तिमी घरमा लाग यो पैसा तिमी लेउ
कुरा धेरै महत्तो हुन्छ नमानी दिनु झिनु
यो पैसाले बा आमालाई रासिन किनी दिनु
संग्रसता जारी छ तर बेसी पनि धाउनु है
बा आमालाई खाना खएर भेट्न आउनु है
बटुवा साने आफ्नो मनलाई बाध्न नसकी नसकी मनमा खुल्दुली
चल्दा चल्दै के गरौ हुदा पनि सानीको कुरालाइ आत्मा साथ
राखेर आफ्नो झुपडी तर्फ लाग्दछ अनि घरमा गएर कुरा गर्दछ |

साने:
ए बाबा आमा कहाँ हुनुहुन्छ आइपुगे म
जिउदै छ छोरा किन रुनुहुन्छ आइपुगे म
नरौ मेरी आमा अब नरौ मेरो बाबा
भोका नाङ्गो राख्ने छुइन आमा बाबा अब
भौतारिदै गैराथे एउटा गाउकी सरस्वोती आयो
घामै घामको रापमा पनि सितल छाया छायो
म घुम्दै घुम्दै जादा, पुगे उसको गाउ
यो फलहरु दिने सानी हो उसको नाउ
ठुलो हलो भयो भने ठुलै हुन्छ सियो
यो खान पैसा पनि सबै उसैले दिय

उनीले मलाई दियो बाबा मैले लिएर आए
उसले मलाई भेट्ने भनि बोलाएको छ नि
पकाउनु खानु राखिदिन्छु रासिन ल्याई
बसी खानु पिउनु अरु कुरा पछी गर्छु आइ
संसारमा इस्वोरको बरदान पाएको रहिछिन उनि
उसकै साथ पाई रहू मैले पनि जुनी जुनी
राम्रो सग अझ सम्म बात चित भा छै न
खै क गर्नु पर्ने हो मैले मलाई नै थाहा छै न
न सकियो केहि गर्न न सकियो मर्न
दुख दुखले झेलेको रहेछ यो मेरो कर्म
सानीले भनेको थिइन् भेट्न आउनु र
साने फेरी आफ्नो बाबा आमालाई
सम्पूर्ण कुराहरु बताएर सानी भएको तर्फ लाग्दछ
अनि कुरा सुरु हुन्छ

साने:
तिमीले दिएको सबै सामान लिई म घर गए
मेरो घरमा बाबा आमा सारै खुसि भए
कुटी जस्तो हाम्रो घर झुप्रो खरको छाना
भेट्न आउनु भन्ने समाचार पठाएको छ भन्न
मेरो उमेर गै सक्यो आदा बाले देख्छन साना
तेही तिमीले पठाएको परिकार पकाएर ख्वाए खाना
तिमीले नै दिएर दुई छाक खाना खाएका छन्
फुर्सत भए बा आमालाई भेट्न आउनु भनेको छन्
लेक बस्ने डाफे चरी बेसी खोला झरे
मेरा बा आमाले तिम्रो दर्सन गर्ने अरे
बिन्ति भगवान सु स्वस्थ रहोस उनीलाई
नोट गरेर राखेको छु सानी तिम्रो गुणलाई
लाग्छ कैले गए हुन्थ्यो यो जीन्दगी बरु मरी
यो गुण तिर्न सग्दीन मैले यो जीन्दगी भरि
तिम्रै राहतले आज हाम्रो बल्दै छ घरको चुल्हो

यो जिन्दागिमा हामीलाई गुण लगायौ ठुलो
अमुल्य यो गुण तिम्रो यो बेहालमा मलाई
जब बिर्सन्छु होला मलाई खरानी पारि जलाई
फरक धेरै नै पाए पहिलेको भन्दा अहिले
के नै दिन सक्छु छैन सानी तिमीलाई मैले
सुख दुख सबै भोगे तिमी सगै कहुला
अरुदिन नसकेनी माया दिई रहुला
यो बेलामा मैले सानी तिम्रै साथ् पाए
खोले खान्थे पहिला भने अहिले भात खाए
दानी सानी हुन्न हानि जहिले एस्तै हुनु
एस्तै गर्दै सानी हिमाल चुली छुनु
तिम्रो नाम सानी रहेछ मेरो नाम साने
गल्ति भए माफी चाहन्छु केहि गल्ति भने

सानी :
दुखीको दुख त यो सबैलाई हुन्छ
एस्तै दुख कस्ट देख्दा मेरो मन रुन्छ
हाम्रो चोला मानब हो म पनि एकदिन मर्छु
बाचुन्जेल सके सम्म संगर्सनै गर्छु
साने दाईसबै कुरा अर्काको हुन्न भर
बजारमा सानो काम छरे तेही काम तिमी गर
दुखि हामी जहिले पनि चलाउनु पर्छ हात
दुख कस्ट नमना साने म छु तिम्रो साथ

साने:
सानी तिमीले मर भनेनी मरी दिन्छु म
जे भएनी भन सानी काम गरि दिन्छु म
बाटो देखाऊ सानी तिमी म आफैले धाउछु
भन सानी कहिले र कहाँ म त्यहिँ आउछु

सानी:
त्यहिँ पर बजारमा फुलबारी हो गाउ
सगै बसी गर्ने हो एउटाई अफिस्मा काम

साने:
काम हर्म्रो दुवै जना संग संगै नै हो त
त्यसो भए तिम्रै घरको बाटो नै आउछु म त

सानी:
साने अब तिमी अहिले, घरमा जाउ
सबै कुरा भन बाबा आमालाई बिहान सबेरै आउ

साने :
सानी छुटौ आजलाई बाइ बाइ जान्छु है...
सबै कुरा भन्छु घरमा अनि आउछु है....

सानी:
सानी घरमा भेट्न आउछ बा आमालाई भन्नु है
ल त छुटौ साने आजलाई बाई बाई .......
कम गर्ने दिन अब सुरु हुन्छ

साने:
हेल्लो सानी म आइ सकेको छु यहाँ
आउन जाउ तिमी छौ अहिले कहाँ

सानी:
साने तिम्रो आज कामको पहिलो दिन
आए साने आउदै छु म पख एकै छिन

साने:
सानी मैले सबै कुरा बा आमालाई भने
सानी तिमी अगिलाग बाटो काता हो जाने

सानी:
बा आमालाई सबै भने झनै राम्रो भो
ल आउ साने जाउ हिड बाटो एतै हो .....

पुर्ण ‘कान्छा’ गुरुङ
हाल कतार :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com