गजल अनयासै मनको बाँध,फुटी जाँदा आँशु झर्यो ।।
एउटै मुटु टुक्रियर , टुटी जाँदा आँशू झर्यो।।
अन्त सम्म संगै जिउछु,संगै मर्छु भन्थिन उ,
अनगिन्ति चोट बोकाई,छुटी जाँदा आँशु झर्यो।।
लाछी बनि उनकै पछी,दैडीयर हिड्ने गर्थे,
बचेको त्यो अस्तित्वनै या, लुटी जाँदा आँशु झर्यो ।।
नियतिको खेल होकी यो,निर्मोहीको झेल भनु,
पिडित भाको मन मुटु,चुटी जाँदा आँशु झर्यो ।।
अनयासै मनको बाँध,फुटी जाँदा आँशु झर्यो ।।
एउटै मुटु टुक्रियर , टुटी जाँदा आँशू झर्यो।।
आरके थापा , दोलखा (बोच)