गीत : By, ' नरेन्द्र घर्ती '



बिबशताले आज हाम्रो, संसारनै उडाईदियो
जीन्दगीको अटुट नाता,सम्बन्धनै चुडाईदियो

लुकामारी खेल्दै थियौं, सागर'का लहर'मा
गहिराई नाप्ने लक्ष्य, थिएं मन्का रहर'मा
अचानक आधी आई, सारा सप्ना बगाईदियो
बिबशताले आज हाम्रो, संसारनै उडाईदियो

चाह! थिए अन्धकार, जीवनमा ज्योती छर्ने
सप्ना थिएं मनभित्र, नयाँ खुसी उमंग भर्ने
थाहै नपाई हुरी आई, प्रेम दिप निभाईदियो
जीन्दगीको अटुट नाता, सम्बन्धनै चुडाईदियो

बिबशताले आज हाम्रो, संसारनै उडाईदियो
जीन्दगीको अटुट नाता,सम्बन्धनै चुडाईदियो

' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com