गजल : By, आरके थापा


निश्ठुरीले चोखो माया सारे जस्तो लाग्यो ।।
झ्याप्प जालमा कसैले पारे जस्तो लाग्यो ।।

पराईको हात समाई हिडेको सुन्थेँ ,
 आजभोली मेरो माया मारे जस्तो लाग्यो ।।

 तिम्रो मेरो दुई मुटु एउटै हो भन्दै ,
एकभाग खोलापारी तारे जस्तो लाग्यो ।।

 उनको भन्दा बढीनै हुन्थ्यो मेरो माया ,
 निश्चयनै उनि देखी हारे जस्तो लाग्यो ।।

 निश्ठुरीले चोखो माया सारे जस्तो लाग्यो ।।
 झ्याप्प जालमा कसैले पारे जस्तो लाग्यो ।।

 आरके थापा ,बोच दोलखा !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com