दुइ गजल : By, राजेश रुम्बा लामा 'अतृप्त'

 
१,
अप्ठ्यारोमा पर्दा हात दिन्छ मेरो साथी
परी आए पीरमर्का थाप्छ आफ्नै छाती

खुट्टा तान्ने प्रवित्तिलाई चट्ट त्यागेर
आफ्नो स्वार्थ नहेरी तान्छ मलाई माथी

नाता गाढा रगतको त्यो भन्दा भावनाको
आफू भलो जगत भलो कोहि छैन घाती

चोखो छ त्यो हृदय निर्मल निश्छल भावना
देवि देवता पुज्नलाई उ नै फूलपाती

२,
ब्याजको के कुरा तिम्ले देको ऋण काफी छ
माया लाउन वर्षौं हैन एक दिन काफी छ

स्वार्थमा लिप्त भैइ दिएको माया भन्दा
निस्वार्थ नै सहि बरु तिम्रो घिन काफी छ

उपेक्षामा जीवनभरी बाँच्नु भन्दा त
ईज्जत र सम्मानको एक्छिन काफी छ

सो गरें उसो गरें जताउनु भन्दा
पत्तै नदिई भगवानसंगको लीन काफी छ

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com