कस्तो यो नियत (लघुकथा) : By, सनम गोले !


पुष १७,


एकनासले पानी झमझम परीरहेको थियो । पानी परेकोले होला सायद, निकै मिठो निन्द्रा लागीरहेको थियो ।उठ्न मन फिटिक्कै लागिरहेको थिएन । तर के गर्नु जसरी भएपनी उठ्नै छ ...।परदेशको ठाउँ फेरि डिउटी पनि त जानुछ । मन नलागि नलागी उठियो । 

बिहानीको कर्म गरेर म डिउटी जानाको लागि तयारी गर्दैथे ,बाहिरा पानी केहि थामीए जस्तो भयो ।हाम्रो डिउटी बिहानीको८:३०मा शुरूहुन्थ्यो । कोठाबाट करीब २०,२५मिनेटको पैदल यात्रा तय गरेपछि हाम्रो कम्पनी आउँथ्यो । सबै साथीहरू डिउटीको लागि निस्कीसकेका थिए । म पनी डिउटी जाने तर्खरमा कोठाबाट निस्किए ।कोठाबाट केहि पर पुगेपछि पुन पानी पर्न थाल्यो ,बिहानीको मौसम भएकोले जाडो महसुस हुन्थ्यो तेस माथि पानी बर्षन थालेपछि म अली छिटो छिटोहिड्न थाले ।

पानी झन बर्षदै थियो ,छाता नबोकी हिँडेको हुनाले शरिर निथ्रुकै भिजेको थियो । सबै साथीहरू अगाडीनै हिंडीसकेको हुनाले म पनि आफ्नो पाईला छिटोछिटो लम्काउँदै थे,हाम्रो कम्पनी पुग्नु भन्दा अगाडी धेरै ओटा कम्पनी र धेरै बाटो क्रस गर्नुपर्ने हुन्थ्यो । म त्येतीखेर सामसुङ कम्पनीको ठिक अगाडी पुगीसकेको थिए । तेसै ठाउँबाट बाटोक्रस गर्नुपर्ने थियो पानी परीरहेको हुनाले सबै मान्छेहरू हत्तारहत्तर बाटो क्रस गर्दैथे ।

तेही क्रममा मैलेपनी बाटो क्रस गर्न खोजे,करीब करीब बाटोको छेउसम्म आईसकेको थिए ।तर दुर्भाग्य पछाडीबाट मलाई केहि चिजले हानेजस्तो लाग्यो । म हुत्तीएर अगाडी बल्ड्याङ खाना पुगेछु ,कती बल्ड्याङखाए आफैलाई थाहा छैन । मेरो हातमा खानाको झोलाथियो त्यो झोला पनि निकै टाढा पुगेको रहेछ ।म सुस्त सुस्त आफुलाई सम्हाल्दै उठ्न थाले ,रआफ्नो झोला सम्हल्न थाले ।

जस्ले मलाई मोटरबईकले हानेकोथियो उनि एऊटा मलायु महिला रहेछिन जो मुखदर्शक भएर यो सब दृश्य हेरीरहेको थियो । घटना सडकको निकै छेउमा भएको हुनाले मेरो गल्ती थिएन तेसैले मैले उस्लाई भने कृपया,अली हेरेर हाँक्नुहोला । यत्तीकैमा उनले झर्केर उल्टै अपशब्द बोलेर थर्काएर आफ्नो बाटो लागीन ......।म भने आफैलाई धिक्कारदै सामन्य चोटपटक मात्रलागेको हुनाले ईश्वरलाई धन्यबाद दिदै एउटा खुट्टा खुम्चाउँदै गन्तव्य तिर लागियो..........।

सनम गोले :
मकवानपुर हाल मलेशिया :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com