दुइ गजल : By, बिना तामाङ 'सुनगाभा'


१,
घरि आँखा सन्काउँछ घरि माया जताउँछ
साँच्चै माया गर्छु भनि ईशाराले बताउँछ

जता जान्छु उतै आई मर्छु भनि घुर्क्याउँछ
अघिपछि लाग्दै उ निक्कै मलाई सताउँछ

पक्कै पनि कि त उ अन्जान छ कि त पागल छ
कैले खुबै रिसाउँछ कैले खुबै हसाउँछ

अधैर्य त्यो प्रेम उस्को प्रदर्शन गर्छ यस्तो
मानौ जूनको चाह गर्दी हुँ त ऐले उ खसाउँछ

सामिप्य यो दुख्छ बिझ्छ भन्ने सबै बिर्सिएर
टेक्दै काँडा टिप्छ गुलाब यस्मै उ रमाउँछ

२,
मान्छे भैई पशु व्यवहार नगर्नु याद राख
अब उपरान्त मेरो सामू नपर्नु याद राख

एकएक गेडी खुसीको संगाली माला गाँस्छु
छिनालेर सबै यत्रतत्र नछर्नु याद राख

ईमान जमान बेची आफ्नो समाजको नजरमा
स्वार्थ पूरा गर्न त्यति तल नझर्नु याद राख

दया हैन माया गर्नु अशक्त र अनाथलाई
धर्म गर्न तिम्ले यहाँ गंगा नतर्नु याद राख

बिना तामाङ'सुनगाभा'
काठमाण्डौं 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com