इजरायलमा : तामाङ्ग, शेर्पा र हेल्मो समाजले ल्होसार सामुहिक रुपमा मनाउदै !!


बी बी लामा तामाङ :-  बैदेशिक रोजगारको क्रममा इजरायलमा रहेका बौद्धमार्गी तामाङ ,शेर्पा र ह्योल्मो समुदायहरुले आफ्नो जातिको महान पर्व / चाड "डुल / स-पुख्री (ल्हो) ल्होछार/लोसार" (नयाँ वर्ष) बृहत रुपमा एकैठाउँमा भव्यताको साथ मनाउने भएको छ |

डिसेम्बर २९ तारिख (शनिबार) नेपाल तामाङ समाज,इजरायल,शेर्पा संघ,इजरायल र ह्योल्मो समाज,इजरायलको प्रतिनिधिहरुको सयुक्त बैठकबाट यस वर्ष सोनाम र ग्याल्बो ल्होछार/लोसार तिथि अनुसार एकैदिनमा परेको हुनाले,भिन्नभिन्न ठाउँमा एकैदिन ३ वटा कार्यक्रम गर्नु भन्दा आउँदो फेब्रुअरी १६ तारिख २०१३ मा तेलअविव शहरस्थित ग्यालरी पार्टी प्लासेस,खलोन ( Gallary Party Palace) मा स्थानीय नेपाली कलाकारहरुको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम (नाचगान) सहित रात्रि-भोज ( Dinner party ) को साथमा "डुल / स-पुख्री (ल्हो) ल्होछार/लोसार साँझ - २०१३" कार्यक्रम रमाइलो र खुशी मनाउदै ल्होछार/लोसार (नयाँ बर्ष ) पर्व/चाड भव्यताको साथ बृहत रुपमा मनाउने निर्णय गरेको हो |

सो सयुक्त बैठकमा नेपाल तामाङ समाज,इजरायलको तर्फबाट अध्यक्ष बी बी लामा तामाङ,महासचिव सुन्दर सिंह लामा तामाङ,शेर्पा संघ, इजरायलबाट अध्यक्ष छिरीङ शेर्पा, सह-कोषध्यक्ष मिङ्मा शेर्पा र ह्योल्मो समाज,इजरायलबाट महासचिव घ्यामी लामा ह्योल्मो र दावा लामा ह्योल्मो सहभागी रहेको थियो |

सोहि बैठकद्वारा "डुल / स-पुख्री (ल्हो) ल्होछार / लोसार साँझ – २०१३" मूल आयोजक समिति र उपसमिति गठन गरिएको छ | जसअनुसार ३ नै वटा संस्थाको तर्फबाट एक/एक जना संयोजक र कार्यक्रमलाई सफल पार्नुको लागि कार्यबिभाजन सहित ६ जनाको उपसमिति संयोजकहरु गठन गरिएको छ | उपसमिति अन्तर्गत प्रत्येक समितिमा ३ नै वटा संस्थाको एक/एक जना सदस्य रहने व्यवस्था गरिएको छ |

मूल आयोजक समिति र उपसमितिका संयोजकहरुको नामवली निम्न प्रकारको रहेका छन् |
"डुल/स-पुख्री (ल्हो) ल्होछार / लोसार साँझ – २०१३" मूल आयोजक समिति
संयोजक : बी बी लामा तामाङ , (अध्यक्ष) नेपाल तामाङ समाज, इजरायल
संयोजक : छिरीङ शेर्पा (अध्यक्ष) शेर्पा संघ, इजरायल
संयोजक : घ्यामी लामा ह्योल्मो (महासचिव) ह्योल्मो समाज, इजरायल
"डुल / स-पुख्री (ल्हो) ल्होछार / लोसार साँझ – २०१३" मूल आयोजक उपसमिति

आर्थिक संयोजक : दावा लामा ह्योल्मो
व्यवस्थापक संयोजक : सुन्दर सिंह लामा तामाङ
प्रचार-प्रसार संयोजक : डोमा शेर्पा
साँस्कृतिक कार्यक्रम संयोजक : सुनिता पाख्रिन तामाङ
अतिथि तथा स्वयमसेवक संयोजक : मिङ्मा शेर्पा
यातायात ब्यस्थापन संयोजक : कर्साङ् लामा ह्योल्मो

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com