तमु समाज इन इज़रायल 2012 कार्यक्रम भव्यताका साथ् सम्पन्न : With Video

इजरायल ,२८, डिसेम्बर ,

कृष्ण निरौला: तमु समाज इजरायलको आयोजनामा इजरायलमा भब्यरुपमा २५९७ औ तमु लोह्सार (सप्र्ही लोह )मनाईयो | कार्यक्रमलाई भब्यताकासाथ सफल बनाउन ख्यातिप्राप्त लोक प्रिय लोक गायक श्री खेमराज गुरुङ र नृत्यकलामा पारंगत एवं विभिन्न गीत संगीतमा अभिनय गरिसक्नु भएका कलाकार श्री भुपेन्द्र गुरुङको प्रस्तुति रहेको उक्क्त कार्यक्रममा नेपाली राजदुतबास इजरायलका महामहिम राजदुत श्री प्रलादकुमार प्रसाई प्रमुख अथिति रहनु भएको थियो, कार्यक्रमको सभापतित्व तमु समाज इजरायलका सल्हाकार श्री प्रेम गुरुङ ले गर्नु भएको थियो,भने कार्यक्रममा राजदुतबास परिवार ,बिभिन् संग संगठनका प्रतिनिधिहरु ,स्थानीय कलाकार साथीहरु, पत्रकार बन्धुहरु लगाएत इजरायलमा कार्यरत लोसार प्रेमी दाजुभाई तथा दिदि बहिनि हरुको बाक्लो उपस्थिति रहेको थियो | भने कार्यक्रम संचालन तमु समाज इजरायलकि अध्क्षय सु-श्री नेहा गुरुङले गर्नु भएको थियो |
कार्यक्रमको शुरुवात लोसार गान बाट गरिएको थियो, कार्यक्रमको   पहिलो चरणमा भुपेन्द्र गुरुङले आफ्नो रचना र संगीत गरेका गितहरु  प्रस्तुत गरेर दर्शकहरुको मनजित्न सफल हुनुभएको थियो, भने चर्चित लोक गायक खेम राज गुरुङका  प्रतेक गीतले दर्शकहरुलाई नचाएको थियो, उहाँको चर्चित र लोकप्रिय गित वारी जमुना पारि जमुना जमुनाको फेदमा मनकामना भन्ने गित दर्शक हरुले दोहोर्याएर गाउँन लगाएका थिए ,उक्त्त गीतमा महामहिम राजदुत श्री प्रलाद कु.प्रसाई,उहाँकी धर्मपत्नी श्रीमती सिता पर्साई लगाएत सम्पूर्ण दर्शकहरु नाचेका थिए | उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले पनि गित र नृत्य प्रस्तुत गर्नु भएको थियो |
कार्यक्रममा तमु समाज इजरायलकी उपाध्क्ष्य टिका गुरुङ ले स्वागत मन्तब्य दिदै सम्पूर्ण उपस्थित मानुभावहरुलाई स्वागत गर्नुको साथै लोह्सारको शुभकामना दिनु भएको थियो, भने तमुसमाज इजरायलका महासचिब यम तमु ज्युले लोह्सारको बारेमा प्रस्ट्याउनु भएको थियो | 
उक्त अवसरमा बोल्दै महामहिम राजदुत प्रसाई ज्युले मौलिक सास्कृति बोकेका हाम्रा यस्ता चाडबाडहरुले हामीहरुमा एकता भाईचारा र आत्मियता बढाउने भन्दै २५९७ औ लोसार र अंग्रेजी नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु भएको थियो, यसै कार्यक्रमको अवसरमा महामहिम राजदुत प्रसाई ज्यु र लोकप्रिय लोक गायक खेम गुरुङ द्वारा  इजरायलमा कार्यरत साहित्य प्रेमी, साहित्य अनुरागी  सानु गुरुङ को कृतिका क्यासेटको बिमोचन पनि गरिएको थियो |
तमुसमाज इजरायल, आफ्नो निम्तोलाई स्वीकार गरेर कार्यक्रममा पाल्नु हुने सम्पूर्ण दाजुभाई तथा दिदी-बहिनीहरु
नेपाल बाट पाल्नु भएका पाउनाहरु , संग संगठनका प्रतिनिधिहरु ,स्थानीय कलाकार साथीहरु लगाएत पत्रकार बन्धुहरुमा तमु लोह्सारपर्ब २५९७ एबं नयाँ बर्ष 2013 को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सबैलाई धन्यवाद दिन चाहन्छ | 

तमु समाज इजरायल परिवार 

.................Video_By,newsinnepali.com............

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com